नेप्सेमा उछाल



काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पुँजी बजारप्रति नेपाल राष्ट्र बैंकले लचिलो नीति लिएपछि आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उछाल आएको छ ।

आइतबार नेप्से ६३ दशमलव २४ अंकले बढेर २ हजार २२७ दशमलव १६ बिन्दुमा पुगेको छ । कुल २६६ कम्पनीको १ करोड २० लाख २ हजार सेयर ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रुपियाँमा कारोबार भएको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि छ । सो कम्पनीको १४ करोड ८१ लाख ५९ हजार ३७ बराबरको कारोबार भएको छ । यस दिन सबै समूह वृद्धि भएका छन् ।

सबैभन्दा धेरै विकास बैंक समूह १९५ दशमलव ३६ र होटल तथा पर्यटन समूह १७७ दशमलव २२, बैंकिङ ६५ दशमलव ५६, वित्त ३३ दशमलव ५१, जीवन बीमा समूह १२५ दशमलव ५१, उत्पादन तथा प्रशोधन समूह ९२ दशमलव १५, लघुवित्त समूह ४९ दशमलव ६५, जलविद्युत् ४० दशमलव ७७ र लगानी समूह २ दशमलव ५५ अंकले बढेका छन् ।

त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव शून्य ८, निर्जीवन बीमा एक सय ५८ दशमलव ११, व्यापार १२१ र अन्य समूह २२ दशमलव ३४ अंकले बढेको छ ।

आइतबार किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआइबिल ग्रोथ फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्