एउटै आलु झण्डै ३ किलोको

0
Shares

दोलखा । जिल्लाको शैलुङ गाउँपालिका–८ भैसेका तेजबहादुर कार्कीले आलु खेती गर्न लागेको निक्कै समयपछि पहिलोपटक ठूलो आलु फलाएर पुरस्कार पाउनुभएको छ । दोलखाको शैलुङ गाउँपालिकाले आयोजना गरेको प्रथम आलु प्रदर्शनीमा उहाँको आलु प्रथम भएको हो ।

पहिलोपटक ठूलो आलु फलाएर ४ हजार ५ सय नगदसहित प्रमाणपत्र पाउनुभएको छ । कार्कीको बारीमा २६ सय ७६ ग्राम झण्डै ३ किलोको एउटा आलु फलेको थियो ।

त्यस्तै २५ सय ७४ ग्रामको एउटा आलु फलाएर शैलुङ–८ ढाडेका भोला कोइराला द्वितीय, शैलुङ ८ पैतीका टीकाबहादुर कार्कीले २५ सय ६२ ग्रामको आलु फलाएको तृतीय र शैलुङ–८ तमाखुबारीका भीमबहादुर बस्नेतले २५ सय ३० ग्रामको आलु फलाएर सान्त्वना भएको वडा नम्बर ८ का कर्मचारी दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगीतामा द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई १ हजार ५ सय र र सान्त्वना हुनेलाई १ हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र दिइएको श्रेष्ठले बताउनुभयो । शैलुङबाट जाने आलु मुडेको आलुको नामले प्रसिद्ध रहेकोले त्यसलाई शैलुङकै ब्राण्ड बनाउन र आलु उत्पादन गर्ने किसानलाई थप प्रोत्साहित गर्न पुरस्कारसहितको आलु प्रर्दशनी कार्यक्रम आयोजना गरिएको वडा नम्बर ८ का अध्यक्ष धनबहादुर तमाङले बताउनुभयो । प्रदर्शनीमा २७ जना आलु उत्पादक किसानको सहभागिता रहेको थियो ।