नेपाल एसबीआई बैंक ३०औं वर्षमा

0
Shares

काठमाडौं । नेपाल एसबीआई बैंकले ३०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनूपर्नेमा पनि जोड दिनुभयो ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै निरन्तरता दिन आग्रह गर्नूभयो ।
नेपाल एसबिआई बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।