सिटिजन्स बैंकको ५ शाखा थप

0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एकै साथ पा“च शाखा थप गरेको छ । जसमध्ये संखुवासभाको खा“दबारी, तनहु“को दमौली, बर्दियाको गुलरिया, सल्यानको श्रीनगर र बैतडीको पाटनमा ‎एक साथ नया“ शाखा सञ्चालनमा ल्याएको हो ।

योस“गै बैंकको १८८ वटा शाखा सञ्चालनमा आएका छन् । प्रदेशगत रूपमा बैंकको कोसी प्रदेशमा २७, मधेस प्रदेशमा २९, वागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले १८८ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४३ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट करिब १६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।