३८ करोडको कुकुर र बिरालाको खाना निर्यात

0
Shares

वीरगन्ज । नेपालले भारतलगायत तेस्रो मुलुकलाई कुकुर तथा बिरालाका लागि साढे ३८ करोड रुपिया“भन्दा बढीको खाना निकासी गरेको छ । चालू आर्थिक वर्षको जेठ महिनामा मात्रै २७ करोड र चालू आर्थिक वर्षमा उक्त कारोबार गरेको हो ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार कुकुर तथा बिरालाका लागि आवश्यक पर्ने खानाका लागि ३८ करोड, ६८ लाख २५ हजारका खाद्यान्न निकासी गरेको छ ।

विदेशबाट कुकुर र बिरालाका लागि खाद्यान्नको माग आउने र नेपालले महिनापिच्छे निकासी गर्ने गरेको भन्सारको तथ्यांक छ । भन्सार नाकाबाट कुकुर र बिरालाका लागि खाद्यान्न निकासी हुनेमा यो १३ नम्बरमा रहेको छ । पहिलो नम्बरमा भने फलफूलको जुस रहेको छ ।

जेठ महिनामा मात्रै ६ अर्ब ६६ करोड ९ लाख ९२ हजारको जुस निकासी भएको वीरगन्ज भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ । यसरी नै दोस्रो नम्बरमा प्रशोधित पामको तेल रहेको छ ।

उक्त अवधिमा ३ अर्ब १५ करोड ७० लाख ४१ हजार रुपिया“को पाम तेल निकासी भएको छ । भन्सारको तथ्यांकअनुसार पाम तेल र फलफूलको जुसबीच प्रतिस्पर्धा रह“दै आएको छ । त्यस्तै तेस्रोमा भने जमोड कपडा रहेको छ ।

सो अवधिमा १ अर्ब ६६ करोड ५४ लाख २३ हजार रुपिया“ निकासी भएको छ । चौथोमा १ अर्बको पिना निकासी भएको छ भने पा“चौंमा सेन्थेटिक यार्न ७७ करोड रुपिया“को निकासी भएको छ । वीरगन्ज नाकाबाट विभिन्न २० प्रकारका सामग्रीको निकासी भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

अहिलेसम्म नेपालले सबैभन्दा बढी भारतमा ४ खर्ब बढीको व्यापारिक कारोबार गरेको छ । दोस्रोमा चीनसँग ३ खर्ब तथा तेस्रोमा इन्डोनियास“ग कारोबार गरिरहेको वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।