बूढीनन्दाको साढे ४४ करोडको बजेट



बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागी ४४ करोड ४९ लाख २९ हजार २ सय ५७ रुपियाँको बजेट ल्याएको छ । नगर उपप्रमुख रामबहादुर बोहोराले आगामी आर्थिक बजेट प्रस्तुत गर्नु भएको थियो ।

आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमुख जनककुमार बोहोराले १३ वटा क्षेत्रलाई बिशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई बिशेष प्राथमिकतामा राख्दै बुढीनन्दा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

आर्थिक वर्षमा नगरपालिकाले शिक्षा क्षेत्रमा रहेको बिद्यमान समस्याहरुको समाधान गरी शिक्षा क्षेत्रमा आमूल परिर्वतन गर्न र गुणस्तरीय तथा व्यावसायीक शिक्षा प्रदान गर्नको लागी दिर्धकालीन, मध्यकालीन र अल्पकालीन शैक्षिक योजना निमार्ण गरि कार्यान्वय गरिने बताइएको छ ।

नगर प्रमुख बोहोराले प्रस्तुत गर्नुभएको बजेटमा कक्षा ११ र १२ को शैक्षिक कार्यक्रमलाई निःशुल्क रुपमा सञ्चालन गरिनुका साथै नगर भित्रका बिद्यालयहरुलाई क्षमताको विभिन्न आयामको आधारमा मापदण्ड बनाई (क) देखि (घ) सम्म ४ वर्गमा स्तरीकरण गरि साहीँ आधारमा सुधारका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै नगरले विद्यार्थी संख्या र भौगोलिक विकटता र विद्यालयको शैक्षिक उपलब्धिका आधारमा विद्यालयहरुलाई मर्ज गरिनुका साथै निश्चित टोलहरुमा आमा तथा अभिभावक शिक्षा सञ्चालन गरिने नीति लिएकोछ ।

नगरपालिका भित्रको परीक्षा प्रणालीलाई स्तरीयता कायम गरि एकरुपता ल्याउन यसै शैक्षिकसत्र देखि कक्षा ३, ५ र ८ मा नगर स्तरीय परिक्षा सञ्चालन गरिने भएको छ । साथै नगरपालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनप्रकाश मावि कोल्टीमा सव इन्जिनियरिङ शिक्षा र बाँधु मा.वि.मा कृषि प्राविधिक शिक्षा व्यवस्थित गरि पठनपाठन कार्यलाई सञ्चालन गर्न आवश्यक पहल लिने भएको छ ।

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको पालिकाले प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको ब्यवस्था गरिने विद्यार्थीको सृजनात्मक कलाको अभिवृद्धी गर्न नगरस्तरमा विभिन्न नृत्य, गीत, संगीत र खेलकूद सम्बन्धी कक्षाहरु प््राभावकारी रुपमा सञ्चालन गरिने प्रत्येक विद्यालयमा योग शिविर सञ्चालन गरिने प्रत्येक शैक्षिक सत्रमा प्राविसधक उच्च शिक्षा (इन्जिनियरिङ, कृषि मेडिकल, वन आदि) अध्ययन गरेका महिला हलिया, खलिया, भोटेजनजाती, मस्लिम, द्धन्द्ध पीडित र अन्य विपन्न परिवारका विद्यार्थीहरुमध्ये कम्तिमा २० जना विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ती प्रदान गरि कार्यक्रमलाई निरन्तरता दिइने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

जनप्रकाश मावि र सत्य मावि टाढाबाट पढ्न आउने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै आवासीय छात्रावासको लागी पहल गरिने, शैक्षिक सत्र २०८१ देखि नगरपालिका भित्रका आधारभूत मापदण्ड पूरा गरेका ५ वटा विद्यालयमा अंग्रेजी भाषाको माध्यमबाट पटनपाठन कार्य सञ्चालन गरिनुका साथै स्थानीय पाठ्यक्रम मार्फत खस भाषालाई थप विकसित गरिने र एक वडा एक नमुना विद्यालय निमार्णका लागी आवश्यक पहल गरिने नगरले नीति लिएको छ ।

साथै नगरपालिकाले स्वास्थ्य सम्बन्धि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैया सहितको अस्पतालमा स्तरोन्नतिका लागी शुदूरश्चिम प्रदेश सरकारसँग साझेदारी गरी आवश्यक प्रक्रिया अगाडि बढाइने नीति लिएको छ । त्यसक्रममा प्रधानमन्त्री दाहालले बुढीगण्डकी परियोजनाको कार्यालय उद्घाटन र शिलान्यास हुने उल्लेख गर्दै उक्त परियोजनालाई अघि बढाउनको लागि असार महिनाभित्र कार्यालय उद्घाटन गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्