चार भारोत्तोलन खेलाडी छनोट



काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए । महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्