प्रधानमन्त्री कप ब्याडमिन्टन सुरु



काठमाडौं । तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० बुधबारदेखी ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा सुरु भएको छ ।

प्रतियोगिताको माननिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पानसमा द्वीप प्रज्वलन गरि उद्घाटन गरे । मन्त्री लिम्बुले खेलकुदलाई पर्यटन संग जोड्नु पर्ने भन्दै खेलकुदको माध्ययमबाट राज्यको आर्थिक स्तर उकास्ने कार्यमा सवै लाग्नु पर्ने बताए । उनले खेलकुदमा प्राईभेट सेक्टरलाई आकर्षित गर्नु पर्ने भन्दै खेललाई राजनीतिबाट पर राखेर खेल र खेलाडीको विकास गर्नु पर्ने बताए ।

उनले ग्रासरुटबाट खेलाडी उत्पादनमा लाग्नु पर्ने र राज्यको सम्पूर्ण क्षेत्रमा युवाहरु पकड हुनु पर्ने जसका कारण देशको चौतफी विकास हुनेमा आफु बिश्वस्त रहेको बताए । उनले खेलाडीको आर्थिक स्तर बृद्धिका लागि स्वरोजगार कार्यक्रम मार्फत मद्धत पुग्ने बताए ।

पहिलो दिनको पुरुष एकल तर्फको स्पर्धामा त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका बिजित थापा मगरले बिजयी सुरुवात गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् । पविनले बि.वाई.सी.का अरुण अधिकारीलाई २१–१५, २१–१७ ले र बिजितले रुपन्देहीका प्यार जंग थापालाई २१–५, २१–९ ले पराजित गरे ।

यस्तै अन्य स्पर्धामा एपिएफका सुजन थापाले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका सुजल श्रेष्ठलाई २१–६, २१–४, सेनाका हिमाल चन्दले काभ्रेकका अंकित भोछेभ्वयलाई २१–९, २१–११, एपिएफका शिषिर रानाले देवीनगर ब्याडमिन्टनका रिसव राईलाई १६–२१, २१–१७, २१–१३, एपिएफका देवराज रानाले धादिङ्गका मोहन गुरुङ्गबाट वाक ओभर, सेनाका अभय महराले रिभाईभका किरन न्यौपानेलाई २१–१३, २१–१२ ले पराजित गरे ।

यसैगरी पुलिसका अविक श्रेष्ठले पर्फेक्ट फिटनेश क्लबका अनिल मल्ललाई २२–२०, २१–९ले, एपिएफका भोज बहादुर गुरुङ्गले आशमान लोपचनलाई २१–९, २१–४ले, पाल्पाका दिपम बज्राचार्यले भक्तपुरका सुप्रिम राना मगरबाट वाक ओभर, एपिएफका रोशन साउदले आर्मीका कविर के.सी.लाई २१–१९, २१–१५ले, मंडला ब्याडमिन्टन क्लबका अमन तामाङ्गले रिभाईभका सलुन सिंह ठकुरीलाई १९–२१, २१–१६, २१–१३ लाई हराए ।

यस्तै पुलिसका पूर्ण बहादुर थापाले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बबिश थापालाई १६–२१, २१–१६, २१–१६, एपिएफका सुमन लिम्बुले आई.बि.एस.सी.का सुबाष उलकलाई २१–१०, २१–११ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।

दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा आयुश्मान श्रेष्ठ, एपिएफका क्षितीज खनाल, रिभाईभका प्रशोभ रात्न शाक्य, आर्मीका रुकेश महर्जन, आर्मीका सुविन श्रेष्ठ, एपिएफका अमन महर्जन, भक्तपुरका रिसोद सुवाल, संखुवासभाका रिजन याम्फु, आर्मीका नरेन्द्र बम, बि.वाई.सी.का सुमित थोकर, पुलिसका सुनिल जोशी, बनेपाका सानु बाबु गोले, पुलिसका हिरा बहादुर राई र सेनाका विवेक चौधरी रहेका छन् ।

प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ छात्र÷छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताकोलाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेकोछ भने नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज ईनास ईन्टरप्राईजेजको विशेष साथ रहेको छ ।

अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार रासी ५ लाख ३३ हजार रहेको छ । जसमा पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन बिजयीहरुले क्रमशः नगद ४० हजार, २० हजार र ८ हजार, भेट्रान्स तर्फका बिजयीहरुले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यु– ११, १३ र १५ का शिर्ष तीन बिजयी खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यसका साथै बिजयी खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्