गण्डकी प्रदेशस्तरिय मुवाँथाई प्रतियोगिता सम्पन्न



पोखरा । गण्डकी प्रदेशस्तरीय मुवाँथाई प्रतियोगिता–२०८० मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशमा मुवाँथाई खेलको व्यवसायिक विकास एवं प्रवर्द्धनका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो पटक वार्षिक कार्य योजना अनुरुप उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगतामा विभिन्न ५ तौलमा प्रतिस्पर्धा गराइएको प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा ७० केजी भन्दा माथिको प्रतिस्पर्धामा पुरुषतर्फ सागर नेपाली बिजयी भए । उनले सुदर्शन गुरुङलाई पराजित गरे । त्यस्तै ५८ केजी तौलमा रोनिश दर्लामीले आयुष गुरुङलाई फाइनलमा पराजित गर्दा ५९ केजी तौलमा तेन्जी रब्सनले डेनियल गुरुङलाई पराजित गरे ।

त्यस्तै पुरुष ५४ केजी तौलमा दिपेश गुरुङले अनिश मगरलाई पराजित गरे । महिलाको एक मात्र ५४ केजी तौल समुहको प्रतिस्पर्धामा सुस्मा चौधरीले कविता बुढामगरलाई हराइन् ।

प्रतियोगितामा बिजेता खेलाडीहरुले जनही रु नगद १० हजार र उपविजेता खेलाडीहरुले जनही नगद रु ५ हजार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्