नेपालले पाकिस्तानलाई हरायो



काठमाडौं । नेपालले भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानलाई १–० ले हराएको छ । मंगलबार जारी प्रतियोगितामा अन्तिम खेलमा प्राप्त नेपालको यो जित सान्त्वना बनेको छ ।

नेपाललाई जित दिलाउन आशिष चौधरीले निर्णायक गोल गरेका थिए । खेल बराबरीतिर लम्किरहेको खेलमा आशिषले ८० औं मिनेटमा गोल गरे । उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान आएका थिए ।

यसअघि नै दुई खेल हारेर नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको थियो । यो खेल जितेर आफ्नो साख बचाउनु पर्ने नेपालले त्यो बचायो पनि । नेपाल यसअघि कुवेतसँग ३–१ ले हारेको थियो ।

यो खेलमा अन्जन विष्टले गोल गरेका थिए । यसपछि घरेलु टोली भारतले नेपाललाई २–० ले हराएको थियो । तर, पाकिस्तानलाई हराएर नेपालले समूहमा तेस्रो स्थान हासिल ग¥यो । पाकिस्तान भने विपक्षी टोलीविरुद्ध कुनै गोल नगरी अंकविहीन भयो । टोलीले ९ गोल बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्