राष्ट्रिय सभा बैठकको समय सर्‍यो


काठमाडौं ।

राष्ट्रिय सभाको सोमबारका लागि बोलाइएको बैठक २ घण्टापछि बस्नेगरी सरेको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेर १ मिनेटमा बस्नेगरी सरेको राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले जानकारी दिए ।

‘मिति २०८० साल जेठ २२ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २२ गते सोमबार अपराह्न ३ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।