आज पनि प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

आज (सोमबार) विहान ११ बजेदेखि बस्ने उक्त सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुने भएको छ ।

गत शुक्रबार जारी नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु भएको हो । आइतबारको छलफलमा भाग लिँदै सांसदहरूले आफ्ना सुझाव संसदमार्फत सरकारलाई पेश गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड, उपलब्ध स्रोतसाधनको उचित प्रयोग, सुशासन तथा भ्रष्टाचार निवारण, योजना तथा कार्यक्रमको प्राथमिकीकरणलगायतका सुझाव सांसदहरूले दिएका हुन् ।

योक्रम जेठ ११ गतेसम्म जारी रहने छ ।