काठमाडौं ।
कालिका लघुवित्तले संस्थापक शेयर सर्वसाधरणलाई बिक्रि गर्न लागेको छ। लघुवित्तका केही संस्थापक सेयरधनिले आफ्नो हिस्साको शेयर बिक्रि गर्न चाहेपछि यसअघि कम्पनीले साविककै शेयरधनिलाई खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो।
तर, कुनै पनि संस्थापक शेयरधनिले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि कम्पनीले आज पुन व्यक्ति तथा संस्थाहरुको लागि आवेदन माग गरेको हो ।
संस्थापक शेयरधनी रमेश तिवारीले आफ्नो नाममा रहेको ६ हजार ६ सय किक्ता शेयर बिक्रि गर्न लागेकाे र कमलप्रसाद भुसाल र मोति प्रसाद पौडेलले पनि ५, ५ हजार कित्ता र अर्का शेयरधनी इन्द्र बिक्रम मल्लको नाममा रहेको ३ हजार १ सय कित्ता गरि कुल १९ हजार ७ सय कित्ता शेयर लघुवित्तल बिक्रि गर्न लागेको हाे ।
उक्त शेयर किन्न इच्छुक साविक संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति तथा संस्थालाई १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।
प्रतिक्रिया