चट्याङ लागेर गम्भीर घाइते खत्रीको उपचारका क्रममा मृत्यु

0
Shares

दार्चुला । दार्चुलामा चट्याङ लागेर गम्भीर घाइते भएका नरेश खत्रीको मृत्यु भएको छ । उनको उपचारका क्रममा खत्रीको मृत्यु भएको हो ।

जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुबेडी बस्ने १५ वर्षीय खत्रीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।