काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ । गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।

जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो । महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ ।