तनहुँ–१ मा वाग्लेलाई ११ हजार मतको अग्रता

0
Shares

तनहुँ ।

तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

सोमबार साँझसम्म तनहुँ १ मा ४८ हजार २६२ मतपत्रको गणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् ।

यहाँ वाग्ले २५ हजार १४१ मत प्राप्त गर्दा भट्टराईले १४ हजार ४६२ मत प्राप्त गरेका छन् । भने तस्रो स्थानमा रहेको एमाले उम्मेवदवार सर्र्वेन्द्र खनालले सात हजार ९१ मत प्राप्त गरेका छन् ।