कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु, ७८ जनामा सङ्क्रमण पुष्टि



काठमाडौँ।

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजेटिभ आएको हो।

यस अवधिमा ५० जना सङ्क्रमित निको भएका छन् भने सक्रिय कोरोना सङ्क्रमितको संख्या ३८३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्