दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

0
Shares

दार्चुला।

दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । व्याँस गाउँपालिका-२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिए ।

आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको उनले बताए ।
बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयहरुले खोजी गरिरहेका छन् ।