फेसबुकमार्फत युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ

0
Shares

काठमाडौँ।

फेक आइडी बनाएर वैदेशिक रोजगारीमा रहेकी युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–शंखु बस्ने २६ वर्षीय मिनबहादुर लामा रहेका छन् ।

पीडित युवतीकी बहिनीले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन। उनले आफ्नी दिदीले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकमा अश्लील म्यासेज पठाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या गरेको बताएपछि प्रहरीले उनको खोजी गरेको थियो ।

लामाले ती युवतीसहित अन्य महिलाहरूको गोप्य अंग देखाइएको अश्लील तस्विरहरू अपलोड/पोष्ट गर्नुका साथै फेसबुक म्यासेञ्जरबाट पनि तस्विरहरु पठाउने गरेका थिए । उनीमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।