बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

0
Shares

पाल्पा ।

पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–६ बस्ने ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो तिनाउ गाउँपालिका–३ फुलगैरामा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।