विद्यालयको तह घटुवाविरुद्ध वडा कार्यालयमा अभिभावकहरुको आन्दोलन

0
Shares

धादिङ । 

विद्यालयको तह घटुवा गरी शिक्षकहरुलाई नियमविपरीत सरुवा गरेको विरोधमा सद्धलेक गाउँपालिका वडा नम्बर १ का अभिभावकहरु आन्दोलनमा  उत्रिएका छन् ।
सद्धलेक गाउँपालिका वडा नम्बर १ मा रहेको बलदेवी आधारभूत विद्यालयका अभिभावकहरुले वडा कार्यालय बन्द गरेर आन्दोलन सुरु गरेका हुन् ।

बलदेवि आधारभूत विद्यालयका अभिभावकहरुले अभिभावक र विद्यार्थीको हित विपरीत स्थानीय सरकारले विद्यालयको तह घटुवा गरेकोले आन्दोलनमा उत्रिएको चेतनाथ सिलवालले बताउनुभयो ।

कक्षा ५ सञ्चालित ५८ जना विद्यार्थी भएको बलदेवि आधारभूत विद्यालयमालाई सिद्धलेक गाउँपालिकाले तह घटुवा गरी ३ सम्म मात्र सञ्चालन गर्ने बताएपछि अभिभावकहरु आक्रोशित भएका थिए ।

विद्यालयका शिक्षक रामहरि खनाललाई अन्य विद्यालय सरुवा गरिएको छ ।

भर्ना अभियान चलिरहेको बेला कक्षा ४ र ५ मा समेत विद्यार्थी भर्ना भएको र पालिकाले निर्णय गरेको हल्ला अाएपनि हालसम्म विद्यालयमा कुनै सूचना नआएको सरुवा भयाे भनिएका शिक्षक रामहरि खनालले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकबहादुर राना अबैधानिक अाराेप लागेको  शिक्षा समिति र पालिकाले निर्णय गर्ने र अभिभावक र विद्यार्थीको बेवास्ता गर्न नपाइने भएपछि पालिकाले जनताकाेे कुरा नसुनेको बताउनुभयो ।

यसभन्दा कम विद्यार्थी भएको सिद्धलेककाे विद्यालयमा समेत तह घटुवा गरिएको छैन ।

पालिकाले शिक्षक सरुवा गर्न दुवै शिक्षक र अभिभावकको स्वीकृति चाहिने कानुनी प्रावधान भएपनि ७ जना शिक्षक सरुवा गरेर कानुन मिचेको २७ वर्षदेखि अध्यापन गराउँदै आउनुभएका रमा रुपाखेतीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति र शिक्षकको विना अनुमति रुपाखेतीलाई समेत सरुवा गरिएको छ ।
सिद्धलेकमा यसअघि आफ्ना कार्यकर्ता भर्ना गर्नका लागि पालिकाले राखेको ४१ जना शिक्षकहरुलाई स्थानीय सरकारले अवकाश दिएको थियो ।