नक्कली लाइसेन्समा बस चलाउने दुई चालक पक्राउ

0
Shares

काठमाडौं ।

नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने चालक पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौंको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौंको स्वयम्भु बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सवारी चालक अनुमतिपत्र विद्युतीय माध्यमबाट जाँच गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सवारी चालक अनुमतिपत्रसहित प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।