गोरखा-जितगढी पदयात्रा तनहुँको केलादीघाटबाट पाल्पा प्रवेश

0
Shares

पाल्पा।

नेपालको ऐतिहासिक सम्पदाहरु तथा घटनाक्रमको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ मिति २०७९ चैत्र २९ गते शुरु भएको गोरखा-जितगढी पदयात्रा आज (बैशाख ०३) गते तनहुँको केलादीघाटबाट पाल्पातर्फ प्रवेश गरेको छ ।

गोरखा दरबारबाट शुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ (पांच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा मिति २०७९ चैत्र २९ गते गोरखाको सतीघाटमा तनहुँ जिल्लामा तैनाथ फौजलाई हस्तान्तरण गरेको थियो । सोही अनुरुप तनहुँ जिल्लाको फौजले उक्त सामग्रीहरु आज तनहुँको केलादीघाटमा पाल्पा जिल्लामा तैनाथ फौजलाई हस्तान्तरण गरेको हो ।

पदयात्रा यही बैशाख ७ गते बुटवलस्थित जितगढी पुगी नेपाली सेना र बुटवल उप-महानगरपालिकाद्वारा आयोजना हुने विशेष कार्यक्रमका बीच समापन हुनेछ ।