आठौंपटक मन्त्रिपरिषद् विस्तार : साउदले परराष्ट्रमन्त्रीको शपथ लिँदै

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनः विस्तार हुने भएको छ ।

आइतबार उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । कांग्रेसले नेता एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न पत्र पठाएपछि प्रधानमन्त्री प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

साउदको शपथ ग्रहणका लागि प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकेका छन् । आइतबार ३ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन् ।