यस्तो रह्यो २०७९ मा स्वास्थ्य क्षेत्र



भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा कोरोनाको चौथो लहर घोषणा गरेपछि संक्रमितको संख्या ९० प्रतिशतले बढ्यो । कोरोना महामारीका बीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयस तीन दिने भ्रमणका लागि नेपाल आउनुभएको थियो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीका साथ प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्र मन्त्री डा.नारायण खड्का र स्वास्थ्यमन्त्री विरोध खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभयो । तीन दिने नेपाल भ्रमण पूरा गरी डा. टेड्रोस जेनेभा फर्कनुभयो ।

चितवनमा आठौं नेपाल फर्मा एक्स्पो २०२२ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै स्वदेशी उत्पादन र स्वरोजगारमा जोडदिनुभयो । भारत सरकारले कोभिड १९ को विरुद्धको बायोएनटेकले बनाएको २ वटा स्थानीय खोप कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिका लागि आपतकालीन प्रयोगमा ल्याउन स्वीकृति दियो । चिकित्सा शास्त्र अध्ययन संस्थान त्रि.वि शिक्षण अस्पतालमा दिवा सेवा डायलाइसिस केन्द्रमा ८ वटा डायलासिस मेसिन जडान गरियो । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६’ (पहिलो संशोधन) अध्यादेश, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरियो ।

जेठ

भरतपुर महानगरपालिकाभित्रका स्थायी बासिन्दाका सन्तान सरकारी स्वास्थ्य संस्थामा जन्मिएका विशेष गरी छोरीहरूका लागि एक लाख बराबरको जीवन बिमा र मासिक ७ हजार लिटरसम्म पानी उपयोग निःशुल्क गर्ने निर्णय गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले चुनावपछि पहिलो कार्यक्रम कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप अभियान सञ्चालन ग¥यो । दक्षिण एसियाली क्षेत्रीय सम्मेलन (१२ औँ सार्क ईएनटी कांग्रेस) नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७९÷८०का लागि सरकारले स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोडको बजेट विनियोजन गरेको थियो । उक्त बजेट संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड गरी कुल १ खर्ब ३ अर्ब १८ करोड थियो ।

नेपालको चिकित्सा शिक्षा शुल्क ३ दशमलव ६ प्रतिशतले वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो । ५ देखि ११ वर्ष उमेर समूहका ३७ लाख बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने निर्णय भएको थियो ।

असार

नर्सहरूका लागि छुट्टै नीति तथा योजना समेटिएको राष्ट्रिय नर्सिङ्ग तथा मिड्वाइफ्री रणनीति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सार्वजनिक गरियो । कोभिड १९ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ नेपालमा पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि भयो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संसोधन ऐन २०७९ व्यवस्थापिका संसद्बाट पारित भयो । फूलकुमारी महतो मेमोरियल अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा प्रदान गर्ने विषयको समझदारी भयो ।

साउन

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) मा बोल्ने क्रममा स्वास्थ्य उपचार गर्न ठूला शहर र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

शल्यक्रियाका समयमा अत्यावश्यक ‘अक्सिजेनेटर’ अभाव भएपछि गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्ने काम नै रोकिएको थियो । कोरोना भाइरसले स्वरूप परिवर्तन गरिरहेकाले खोप लगाउन चिकित्सकहरूद्वारा सामूहिक आह्वान गरिएको थियो । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले निजी अस्पताललाई स्वास्थ्य बिमाअन्तर्गत गरिएको उपचार खर्च कानुन अनुसार भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकीपक्स आपतकालीन अवस्था घोषणा गर्यो । भारतमा ९ जनामा मंकीपक्स प्रमाणित भएकोमा एक जनाको मृत्यु भयो । नेपालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपणमा सफलता प्राप्त गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले १४ वर्षको अवधिमा ७ सय १५ जनाको मिर्गौला प्रत्यारोपण गरेको घोषणा ग¥यो ।

कोरोना संक्रमणको खोप हुँदा नागरिकले लगाउन मानेनन् । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको १० हजार मात्रा खोप म्याद गुज्रेका कारण खेर गयो । कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठनले (एफएओ) घोषणा ग¥यो ।

भदौ

थापाथलीस्थित प्रसूति गृहले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ अमृत कोष बैंकको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घघाटन गर्नुभयो । काठमाडौं उपत्यका डेंगीमय हुँदै चार वर्षअघि फैलिएको कोभिडलाई नै बिर्साउने गरी सन् २०२२ मा डेंगी फैलियो ।

काठमाडौं महानगरपालिकाले दीर्घ रोगको उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने निर्णय ग¥यो । नर्भिक अस्पतालमा छालाको चाउरीपना, पिम्पल, दागलगायत छालासम्बन्धी समस्याको उपचार गर्ने प्रविधि भित्र्याइएको घोषणा भयो । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको ठहर ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १५ जना महिला चिकित्सकलाई नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेवापत विशेष सम्मान प्रदान गरियो । नेपाल मेडिकल काउन्सिलले उपचारको विषयलाई लिएर त्यसमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पक्राउ गर्ने वा पक्राउ पुर्जी जारी गर्न नपाउने निर्णयाको घोषणा गरियो ।

नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर हरिसिद्धिले रगत प्रत्यारोपण गरी रक्त क्यान्सर र रगतसम्बन्धी अन्य क्यान्सर भएका बिरामीलाई बचाउन एक वर्षभित्रै रगत (बोनम्यारो) प्रत्यारोपणको तयारी भयो ।

‘महामारीको बीचमा पनि नेपालले स्वास्थ्य क्षेत्रमा केही उल्लेख्य उपलब्धि हासिल गर्न सफल छ । नेपालले दादुरा रुबेला तथा औलो रोगको निवारणको लक्ष्य प्राप्तितर्फ उल्लेख्य उपलब्धि हासिल गरेको घोषणा भयो ।

काठमाडौंलगायत नेपालका ७७ जिल्लाका मुख्य शहरहरूमा डेंगी ज्वरोको संक्रमणसँगै सिजनल फ्लुका बिरामी बढेको घोषणा भयो । अस्पतालका आईसीयू (सघन उपचार कक्ष) पाउन निकै मुस्किल । ज्वरो कम गर्न प्रयोग गरिने सिटामोल आवश्यकताअनुसार पूर्ति हुन नसक्दा हाहाकार सिटामोल नपाएर जनता सिटामोट खोज्न विभिन्न स्थानमा खोजी गर्न व्यस्त भयो ।

असोज

नेपाल परिवार नियोजन संघको ६४ औं परिवार नियोजन दिवस तथा ९ औं राष्ट्रिय परिवार योजना दिवसका अवसरमा हर्मोनियल क्लिनिकको स्थापना भयो । समयमै क्यान्सर पत्ता लगाई उपचार गरे वाल क्यान्सररोग ८० प्रतिशतसम्म निको हुने घोषणा । नेपालमा सुर्तीसेवनबाट प्रत्येक १ घण्टामा ४ जनाको ज्यान लिने गरेको घोषणा । नेपाल दक्षिण एसियामा धुम्रपानबाट सबैभन्दा बढी मृत्यु हुने देश घोषणा भयो ।

कात्तिक

परोपकार प्रसूति गृह नेपाल, भारत र बेलायतको संयुक्त प्रयासमा नेपालमा गर्भवती महिलामा गरेको एक अध्ययनले शाकाहारी महिलामा हुने बी १२ को कमी र त्यसबाट नवजात शिशुको दिमागी विकासमा पर्ने असरको रिपोर्ट सार्वजनिक भयो । चितवन मेडिकल कलेजको अति सघन कक्षमा भर्ना भएको बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड भयो । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा ११ जना पूर्व स्वास्थ्य मन्त्रीहरूद्वारा मनोनयन दर्ता गरियो ।

नेसनल कार्डियाक सेन्टरका निर्देशक डा. ओममूर्ति अनिलद्वारा कामना न्यूज पब्लिकेसन्स प्रालि. कर्मचारी, पत्रकार परिवार र स्वास्थ्य पत्रकारसँगको विशेष स्वास्थ्य परीक्षण शिविरका साथै मुटुको समस्या र समाधानका उपायको बारेमा जनचेतनामूलक कार्यक्रम आयोजना भयो ।

डेंगु रोगको संक्रमण हुने र मृत्यु हुनेमा अधिकांश युवारहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । कोभिड नियन्त्रणलाई लक्षित गर्दै बलियो स्वास्थ्य प्रणालीले मात्र आपतकालीन अवस्थामा स्वास्थ्य राम्रो हुन सक्ने र आर्थिक सुरक्षा हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा ग¥यो । वीर अस्पतालमा मिर्गाैला प्रत्यारोपण दुर्घटना सासुले बुहारीलाई दिएको दानले पूर्णता पाएन ।

नेपालमा सुरक्षित गर्भपतन ऐन सन् २००३ मा पारित भएको यतिका वर्ष बितिसक्दा पनि सुरक्षित गर्भपतन सेवा सोचेअनुरूप सहज र सर्वसुलभ अभैm हुनसकेको छैन । कोभिड–१९ विरुद्धको भारतीय खोप निर्माता कम्पनी सीरम इन्स्टिच्युट अफ इन्डियाको १० करोड डोज खोप म्याद सकिएका कारण ‘डम्प’ गर्नु परेको घोषणा भयो ।

नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभाका लागि लक्षित गर्दै सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य सेवामा सहज पहुँच, सबैलाई स्वास्थ्य बिमा, सबल स्वास्थ्य प्रणाली भन्दै २३ बुँदे संकल्प सार्वजनिक ग¥यो । नेपालमा दोस्रो गाईनियो युरोलोजिकल ३ दिने सम्मेलन धुलिखेल अस्पतालमा नेपाल स्थित अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्कले उद्घाटन गर्नुभयो । नेपालमा पहिलो पटक दक्षिण कोरियाको बायोफर्मास्युटिकल कम्पनीसँग प्राविधिक सहकार्यमा औषधि कम्पनी सञ्चालनमा आयो ।

नेपालमा निजी क्षेत्रबाट मिर्गाैला प्रत्यारोण गर्ने अस्पताल किस्टमा १९ महिनामा ५१ जनाको प्रत्यारोपण सफल भयो । नेप्लिज सोसाईटी अफ अर्गान प्रत्यारोपण र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा नेपालमा दुईदिने दोस्रो प्रत्यारोपण सम्मेलन सम्पन्न भयो ।

मंसिर

३ वर्षदेखि सन्तान वियोगमा छट्पटाइरहेकी ललितपुरकी एक ५५ वर्षीया महिला टेस्टट्युब बेबी पद्दतीबाट आमा बन्न सफल हुनुभयो । नेपाल परिवार नियोजन संघमा यौन तथा प्रजनन अधिकार, लैंगिक समानता, सुरक्षित गर्भपतन सेवाको अधिकार, बृहत् यौनिकता शिक्षामा सबैको पहुँचको अधिकार, एचआईभी तथा यौनिक तथा लैंगिक अल्पसंख्यकको सेवा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी अभियानमा आवद्ध संघकी एड्भोकेसी फोकल पर्सन जमुना सिटौलालाई एपीकमले कम्युनिटी अली हिरो अवार्ड २०२२ बाट सम्मानित हुनुभयो । फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भए ।

पुस

नेपाल चिकित्सक संघले दुई जना चिकित्सकलाई रूपा फाउन्डेसन र सज्जन–श्याम ट्रस्टसँगको सहकार्यमा एक÷एक लाख रुपियाँ बराबरको अवार्डको घोषणा भयो । कान्ति बाल अस्पतालमा एक वर्षमा कुल १ लाख १६ हजार ४ सय ५३ जना बालबालिकाको ओपीडी सेवा प्रदान गरियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले १ हजार जनाको मिर्गौला प्रत्याारेपण गर्न सफलभएको घोषणा ग¥यो । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जले नवौं कलेजो प्रत्यारोपण गरेको जानकारी दियो ।

माघ

पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा परी राष्ट्रिय ट्रमा सेन्टरका अर्थाेपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उहाँकी श्रीमती डा. सोना दिवाकरका साथ १० महिनाका नाबालक छोराको निधन भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले शपथ ग्रहण गरेलगत्तै नेपालकै एक मात्र बाल अस्पताल कान्तिको अवलोकन गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपर्यन्त अंगदान गर्ने घोषणा गर्नुभयो । नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसन इन्टरनेसनलका वीच आपसी सहकार्य गर्ने सम्झौता भयो । अमेरिकाले कोरोनाका कारण लगाएको संकटकाल अन्त्यको घोषणा ग¥यो ।जापानी नागरिकका तर्फबाट नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई आँखा स्वास्थ्यसम्बन्धी उपकरणहरू हस्तानान्तरण ग¥यो । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीद्वारा पदबाट राजीनामाको घोषणा गर्नुभयो । नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षमा डा.अनिल विक्रम कार्की विजयी हुनुभयो ।

फागुन

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा छलफल गर्नुभयो । ग्यास बिस्फोटमा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईमा लगियो । आँखा उपचारका क्षेत्रमा नेपालका आँखा रोग विशेषज्ञ तथा तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई बहराईन सरकारका तर्फबाट एक मिलियन डलर (१४ करोड नेपाली रुपिया) बराबरको सर्वोत्कृष्ट इशा अवार्ड प्रदान गरियो । नेपाल सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड तोकी नेपाल राजपत्रमा प्रकाशन ग¥यो ।

नेपाल मेडिकल काउन्सिलले सूचनाको हकसम्बन्धी ऐन, २०६४ नियमावली, २०६५ मा भएको व्यवस्थाबमोजिम सार्वजनिक सरोकारका विषयहरू समेटी २०७७ साल वैशाखदेखि २०७९ फागुनसम्म काउन्सिलको पूर्ण बैठकले गरेका निर्णयहरू सार्वजनिक भए ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मिर्गौला र एक कलेजोे एक साथ तीन जनामा सफल प्रत्यारोपण भयो । नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. तारा मानन्धरलाई वेष्ट डाक्टर अवार्ड र वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाललाई रूपा चिकित्सा सेवा अवार्डद्वारा निसन्तान दम्पतिको उपचारमा योगदान पु¥याएकोमा कदर गर्दै एक एक लाख रुपियाँ राशिसहितको अवार्ड प्रदान गरियो ।

विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज नेपालले संयुक्त आयोजनामा सञ्चालित कार्यक्रमा अंग प्रत्यारोपित व्यक्तिहरू तथा चिकित्सक, समाजसेवी, कलाकारसहितको टोलीबीच भएको फुटबल प्रतियोगितामा मिर्गौला प्रत्यारोपित टोली विजयी घोषणा भयो । डब्लूएचओका क्षेत्रिय निर्देशकद्वारा प्रधानमन्त्री दाहाललाई सूर्तीजन्य र मदिराजन्य पदार्थको विज्ञापन रोक्न ध्यानाकर्षण गरियो । विश्व स्वास्थ्य संगठन र विश्व खाद्य कार्यक्रमले नेपाल सरकारलाई गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र हस्तान्तरण ग¥यो ।

चैत

मधुमेहसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं सम्पन्न भयो । नेपालमा क्षयरोगीको संख्या मृत्यु हुनेको संख्या बढ्दो देखियो । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवस सम्पन्न भयो । निजामती अस्पतालको आन्दोलन फिर्ता, कर्मचारी र सरकारबीच सम्झौता भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त पदमा डा. विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय भयो ।

कोरोनाका बिरामी बढेसँगै नेपाल सरकारले प्रवेश नाकामा स्वास्थ्य परीक्षण र बुस्टरडोजमा तीव्रता दियो । औषधि व्यवस्था विभागले ३६ वटा नयाँ औषधि दर्ता गर्ने प्रक्रिया शुरू ग¥यो । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा शुरू ग¥यो ।

प्रतिक्रिया दिनुहोस्