सत्तारूढ दलहरूको बैठक जारी, मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारी

0
Shares

काठमाडौं । १० दलीय सत्तारूढ दलहरूको बैठक बसेको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

सत्तारूढ दलहरूको बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरूप दिन तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल हुनेछ ।

कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेलसहितको कार्यदलले बनाएको न्यूनतम साझ कार्यक्रमलाई सार्वजनिक गर्नुअघि गठबन्धनका शीर्ष नेतावाट अनुमोदन गराउनका लागि बैठक बसेको हो ।

नेताले अनुमोदन गरे पश्चात् आजै साँझ ५ बजे सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिन बुझिएको छ ।