आज कीर्तिपुरमा शहिद दिवस, सबै निकाय बन्द

0
Shares

काठमाडौं । स्थानीय शहिदपति सम्मान गर्दै आज कीर्तिपुर नगरपालिका बन्द भएको छ । प्रजातन्त्र प्राप्तिको लागि कीर्तिपुरमा वलिदान दिएका स्थानीय चार शहिदको सम्भनामा आज कीर्तिपुरका सबै निकाय बन्द गरिएको छ ।

२०४६ सालको जनआन्दोलनमा कीर्तिपुर शहिद हुनु भएका हिराकाजी महर्जन, लनबहादुर महर्जन , राजेन्द्र महर्जन र राजमान महर्जनको सम्झनामा आज कीर्तिपुर बन्द गरिएको हो ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले २०४६ सालको जनआन्दोलनदेखि कीर्तिपुरवासीले शहिद दिवस मनाउने गरेको स्मरण गराउँदै सो कार्यक्रमलाई निरन्तरता दिन आज कीर्तिपुर क्षेत्रका स्थानीय तह अन्तर्गत पर्ने शिक्षणसंस्था, कलकारखाना लगायत बन्द भएको जानकारी दिनुभयो ।

नगरपालिकाले आज बिहान खसिबजार प्रभातफेरी कार्यक्रम आयोजना गरी खसिबजारस्थित शहिद प्रतिमास्थलमा चार शहिदको सम्झना गरिएको थियो ।

मेयर नकर्मीले हरेक वर्ष आजकै दिन कीर्तिपुरमा स्थानीय चार शहिदको सम्झनामा शहिद दिवस मनाउने गरेको जानकारी दिनुभयो ।

शहिदको सम्झनामा आज कीर्तिपुरमा संघ अन्तर्गत बाहेक सबै निकाय बन्द भएका छन् ।