सत्तारूढ दल नागरिक उन्मुक्तिले ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदै

0
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगमी बैशाख १० मा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ–१ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।

आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ ।