मनकामना केबुलकार बुधबार सेवा बन्द

0
Shares

काठमाडौं ।

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि  बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुने भएको छ ।

जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ ।