पूर्वमन्त्री गोविन्दराज जोशी र विकास कोइरालासहितका नेताको कारबाही फुकुवा

0
Shares

काठमडौं ।

नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज (आइतबार) सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । चितवनका कोइराला पूर्व जिल्ला सभापति हुन् ।