तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

0
Shares

काठमाडौं । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि शनिबार तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने निर्वाचन क्षेत्र चितवन–२, तनहु“– १ र बारा– २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन अधिकृतको कार्यालय स्थापनाको लागि दुई दिनअघि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा खुलेसँगै निर्वाचनको ‘फिल्ड’ स्तरीय तयारी अघि बढ्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो।

उम्मेदवारको मनोनयन दर्ता भने चैत २० गते हुने छ । उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते र मनोनयनपत्र र उजुरीउपर जा“चबुझ गरी निर्णय दिने तथा चैत २२ गते आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने छ । यस्तै, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम भने चैत २३ गते हुने आयोगले जनाएको छ । उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयमा सञ्चालन हुने गर्दछ ।

जिल्लामा स्थानीय प्रशासन, सुरक्षा निकाय, जिल्लाका निर्वाचन कार्यालयका प्रमुखसँग समन्वय गर्ने, मतदान अधिकृतहरू तोक्नेलगायत आवश्यक जनशक्ति र निर्वाचन सामग्रीको व्यवस्थापनको काम गर्ने र निर्वाचनको प्रक्रिया अघि बढाउने जानकारी दिँदै प्रवक्ता पौडेलले मतपेटिका, मतदाता शिक्षाका लागि सामग्रीको प्रबन्ध, निर्वाचनको लागि रेखदेख गर्ने काम मुख्य निर्वाचन अधिकृत गर्ने बताउनुभयो ।

यसैबीच तनहु“ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको समय चैत ८ देखि १२ सम्मका लागि तोकेको थियो । चितवन क्षेत्र नं २ मा १८ दलले प्रतिस्पर्धा गर्ने भएका छन् । तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढा“चामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । सोअनुरूप उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन निर्वाचन कार्यालयमा पनि निवेदन दिनसक्ने छ । यसरी निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढा“चामा नामावलीको उतार उपलब्ध गराइने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

तनहु“ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसंगै वैशाख १० का लागि आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको थियो । चितवन–२ मा भने उक्त क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएको कारण उपनिर्वाचन गर्न लागिएको हो ।