सामाजिक संस्था ल्यायम्ह पुंचको नयाँ कार्यसमिति चयन

0
Shares

चित्लाङ  ।

सामाजिक संस्था ल्यायम्ह पुंचको ११ औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार मकवानपुरको चित्लाङमा भएको अधिवेशनले श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा चन्द्रावती चित्रकार, महासचिवमा टंक पन्त, सचिवमा कृष्ण विष्ट र कोषाध्यक्षमा जर्मलाल श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा पुष्पा भुसाल, रिता सापकोटा, दीपेन्द्र खड्का, सुरेश तण्डुकार, जयवेद खत्री र सम्झना कसजुलाई निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशन उद्घाटन समारोहमा संस्थाकी अध्यक्ष सहनशिला श्रेष्ठले लामो आरोह पार गर्दै अहिले पुंचले आफ्नै घर बनाउन सफल भएको र देशमा बेला बेलामा हुने विपतमा सारथिको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

सोही समारोहमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले संस्थाले विगत तीन दशक देखि सामाजिक क्षेत्रमा खेल्दै आएको भूमिकाका बारेमा चर्चा गर्दै आगामी दिनमा पुंच हरेक नेपालीको मन मस्तिष्कमा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा समाजसेवी ज्योति वैद्यलाई सम्मान गरिएको थियो । उहाँले सम्मान ग्रहण गर्दै संस्था जहिले पनि सामाजिक क्षेत्रमा अग्रसर रहने बताउनुभयो ।
संस्थाका महासचिव टंक पन्तले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जर्मलाल श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।