रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा खडा हुन्छ, यो जनाउ घन्टीमात्रै हो : रवि लामिछाने

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले चाँडै नै रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा खडा हुने दाबी गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा लामिछानेले यस्तो दाबी गरेका हुन् ।

‘कयौँ क्षमतावान व्यक्तिहरु यस पार्टीको माध्यमबाट देशको सेवा गर्न तयार भएर बस्नुभएको छ। निर्वाचनसँगै तपाईँहरुले प्राप्त गर्नुहुने छ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’

उनले यो जनाउ घण्टीमात्रै भएको भन्दै त्यसकै सुरुवातमा आज स्वर्णिम वाग्ले र रमेश खरेल साथमा रहेको बताए ।

उनले देशमा सुन्दर भविष्य नभएर तथा अवसर नपाएकै कारण विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यो अवस्थाको अन्त्य गर्न पार्टी लागिपर्ने बताए ।
उनले विश्वास गरेर आफूले आर्जन गरेको नाम र प्रतिष्ठा पार्टीसँग जोडेर साथ दिएकोमा वाग्ले र खरेललाई धन्यवाद पनि दिए ।