काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उम्मेदवार स्वर्णिम वाग्लेले आफू छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा लागेको बताएका छन्।
शनिबार बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘आजैदेखि नयाँ महाअभियान, नेपाल बनाउने महाअभियान, छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा हामी होमियौं। त्यो घोषणा म यहाँबाट गर्न चाहेँ,’ उनले भने।
यस्तै नयाँ राजनीतिक युग सुरू गर्ने संकल्प लिएर आएको पनि उनले बताएका छन ।
उनले नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन्।











प्रतिक्रिया