राजनीतिक भागबन्डा र लुछाचुँडीलाई तोड्न नसके कसैको भविष्य सुरक्षित छैन : रमेश खरेल

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नभएको बताएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा आउनुपरेको बताए ।

उनले भने– देशमा अहिले सुशासनको खाँचो छ । देशको विषम परिस्थितिमा देशमा सुशासन कायम गर्न, देशका दाजुभाइलाई हौसला प्रदान गर्न र नेपाल आमालाई हँसाउन सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।’

अहिले राष्ट्रमा भएको सिन्डिकेटलाई तोड्न र यो देशको समृद्धिका लागि अब फरक काेर्षमा अघि बढ्न आवश्यक रहेको उनले बताए ।