काभ्रेका ढकाल अस्ट्रिया र स्पेनमा निर्णायक

0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाल अस्ट्रियाको इन्सब्रुकमा हुने अस्ट्रियन ओपन बिश्व अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् ।

काभ्रे जिल्लाका तेक्वान्दो खेल विधाका रेफ्री ढकाल यही चैत १८ देखि २० गतेसम्म हुने अस्ट्रिया ओपनमा निर्णायकको भुमिका हुनेछन् । यस्तै स्पेनको एलिकान्टेमा आगामी बैशाख १ गतेदेखि ३ गतेसम्म हुने स्पेनिस ओपन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगिताका लागि पनि उनी निर्णायकमा छनोट भएका हुन् । युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकाललाइ छ्नौट गरेको हो ।

ढकालले हालसालै उज्बेकस्तानको टान्स्केट सहरमा सम्पन्न भएको २०२४ पेरिस ओलम्पिकको अन्तरास्ट्रिय रेफ्री छनौट तालिममा समेत सहभागीता जनाएका थिए । उनले २०१९ मा चीनको उहानमा भएको सातौं विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स) मा समेत तेक्वान्दो विधामा निर्णायकको भुमिका निभाएका थिए ।

चीनकै उसि सहरबाट २०१७ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गरेका ढकाल काभ्रेको स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका थिए । उनी अथक मेहनतका साथ अघि बढ्दै हाल नेपालको खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।

ढकालले काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनिे रेफ्री भएर काम गरिसकेका छन् । छोटो समयको तीव्र प्रतिष्पर्धाको खेलमा भीडन्तलाई ठिक ढङ्गले नियालेर सही निर्णय सुनाउनुपर्ने भएकाले रेफ्रीका लागि तटस्थता, निष्पक्ष, साहसिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियतामा रहनुभएका ढकाल मुलुकका काभ्रे जिल्ला तथा सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुन् । तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक(रेफ्री) ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेस्ट निर्णायक घोषित भएका छन् ।

ढकालले गत बर्ष चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा वेस्ट रेफ्रीको उपाधि पाएका थिए । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए ।