मिटरब्याज पीडित धर्मशाला बस्न मानेनन्, खुलामञ्च आउँदै

0
Shares

 काठमाडौँ ।

लगातार १२ दिनसम्म हिँडेर राजधानी आइपुगेका मिटरब्याजी पीडितले पशुपति धर्मशालामा बस्न इन्कार गरेका छन् । काठमाडौँ महानगरपालिकाले करिब ९२ जनाको लागि पशुपति धर्मशालामा व्यवस्था गरेको थियो । तर उनीहरुले धर्मशालामा नभै खुलामञ्चमा बस्ने बताएपछि समस्या परेको छ ।

आइतबार राजधानी छिरेपछि मातातिर्थमा बसेका थिए । त्यसपछि माइतीघर पुगेका थिए । माइतीघरबाट खुलामञ्चमा बस्ने कार्यक्रम गरेका छन् । कामपाका प्रहरी प्रमुख प्रहरी एसएसपी राजुनाथ पाण्डेले आइतबार साँझ पशुपति विकास कोषसंग सहमति गरी धर्मशालामा राख्ने व्यवस्था गरेका थियौ , उनीहरुले इन्कार गरेका छन् ।

मिटरब्याज पीडितहरू खुलामञ्चमा बस्न खोजेपछि महानगर प्रहरीले सुरक्षा बढाएको छ । राजनीतिक दलको कार्यक्रम गर्ने स्थलमा कसैलाई पनि वास बस्न मिल्दैन । हामीले उहाँहरुलाई वास बस्न दिँदैनौ–पाण्डेको भनाई छ ।

उहाँले पशुपति धर्मशालामा सबै मिटर ब्याज पीडितलाई निःशुल्क बस्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले खुलामञ्चमा कुनै पनि अवस्थामा बस्ने व्यवस्था गर्न नसकिने स्पष्ट पार्नुभयो ।