प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौँ।

प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक रथी डा. अरुण शर्मालाई आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो।

पदोन्नती हुनु भएका प्राविधिक उपरथी डा शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्ति हुनु भएको छ ।

सोही अवसरमा प्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नती हुनु भएका एक) जना प्राविधिक महा सेनानी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नती हुनु भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।