नेपाल कमर्स क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढाउन अनेरास्ववियुको माग

0
Shares

काठमाडौँ।

नेपाल कमर्स क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढाउन अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढाउन माग गरेको हो।

‘नेपाल कमर्स क्याम्पसमा लोकतन्त्र र विद्यार्थीहरुको हक अधिकार विरुद्ध प्रहरी प्रशासनको संरक्षणमा मै निर्वाचन समिति प्रमुख बेपत्ता पारिनु र मतपत्र च्यात्ने गतिविधि पराजित मनसिकताको उपज हो, सत्तागठबन्धन समर्थित विद्यार्थी संगठनलाई जिताउन सबै प्रपञ्च पुरा नभए पछी निर्वाचन भाड्ने नाङ्गो नाचमा प्रहरी प्रशासन सरकारको मतियार बनेर प्रस्तुत भएको छ । सरकारको यो लोकतन्त्र विरोधी हर्कतको हामी घोर भत्र्सना गर्दछौं साथै यथाशीघ्र क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौं ।’जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति:
आज चैत्र ११ गतेलाई नेपाल कमर्स क्याम्पसमा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सत्ताको चरम दुरुपयोग गर्दै एकाएक निर्वाचन समिति प्रमुख बेपत्ता पारिनु र क्याम्पस प्रशासनले नयाँ निर्वाचन समिति प्रमुख तोकी बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदानको समय सरेर साढे ११ बजे तय गरिएको अवस्था पनि साढे ११ बजे पनि मतदान सुरु हुन सकिरहेको छैन ।अनेरास्ववियुको पक्षमा विद्यार्थीहरुको माहोल देखेर अत्तालिएका सत्ताधारी दलका छायाँ संगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले लोकतान्त्रिक मूल्य मान्यता विपरीत स्ववियु निर्वाचनको मतपत्र च्यातेको घटनाले लोकतन्त्रको धज्जी उडाएको छ। निर्वाचन गराउन सुरक्षा प्रदान गराउनुपर्ने निकायबाट यथेष्ट सहयोग नहुँदा १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन हुन नदिन सत्ताधारीहरु उद्दलित रहेको पुष्टि हुन्छ ।

क्याम्पसमा सत्ताधारी विद्यार्थी संघसंगठनहरु अनेकौं बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा दौडिरहेका छन, मतदानका लागि लाइनमा बसेका विद्यार्थीलाई निरास भएर फर्किनु परेको छ । नेपाल कमर्स क्याम्पसमा लोकतन्त्र र विद्यार्थीहरुको हक अधिकार विरुद्ध प्रहरी प्रशासनको संरक्षणमा मै निर्वाचन समिति प्रमुख बेपत्ता पारिनु र मतपत्र च्यात्ने गतिविधि पराजित मनसिकताको उपज हो, सत्तागठबन्धन समर्थित विद्यार्थी संगठनलाई जिताउन सबै प्रपञ्च पुरा नभए पछी निर्वाचन भाड्ने नाङ्गो नाचमा प्रहरी प्रशासन सरकारको मतियार बनेर प्रस्तुत भएको छ । सरकारको यो लोकतन्त्र विरोधी हर्कतको हामी घोर भत्र्सना गर्दछौं साथै यथाशीघ्र क्याम्पसमा निर्वाचनको प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौं । निर्वाचन विरोधी सत्ता गठबन्धन र गठबन्धन निकट विद्यार्थी संगठनहरुको गैर जिम्मेवारपन विरुद्ध विद्यार्थी आन्दोलनको बिरासत स्ववियु जोगाउन सडक संघर्षमा उत्रन सम्पूणर् न्यायप्रेमी विद्यार्थी साथीहरुलाई हार्दिक अपिल गर्न चाहन्छौ ।

हार्दिक अभिवादन सहित !