आईजी सिंहसहित प्रहरीका ९ जना अधिकृत अनिवार्य अवकाशमा जाँदै

0
Shares

काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजी) धीरज प्रताप सिंहसहित नेपाल प्रहरीका ९ प्रहरी अधिकृत आज (शुक्रबार) बाट अनिवार्य अवकाशमा जाँदैछन्।

३० वर्षे सेवा अवधिका कारण आईजी सिंहसँगै ९ प्रहरी अधिकृत अनिवार्य अवकशमा जाने भएका हुन् । शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाश जाने प्रहरी अधिकृतलहरुमा आईजी सिंहसँगै एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी छन्।

त्यसैगरी डीआईजीहरुमा मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य छन्। एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियार पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन्। उनीहरु २०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। आईजी सिंह अवकाशमा जाने भएसँगै सरकारले शुक्रबार नै नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ।