काठमाडौँ।
नेपालमा ४९ प्रतिशतभन्दा धेरै परिवारले टिभी प्रयोग गर्ने गरेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ४९ दशमलव ४ प्रतिशत अर्थात् ३२ लाख ९१ हजार १८५ घरपरिवाले टिभी हेर्ने गर्छन् ।
यस्तै, ३४ दशमलव २ घरपरिवारमा रेडियो र १५ प्रतिशत घरपरिवारमा कम्प्युटर छ । ३७ दशमलव ८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँच पुगेको छ ।
यस्तै, ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको सुविधा छ । साधारण मोबाइल फोनमा ७३ दशमलव २ प्रतिशतको पहुँच छ ।












प्रतिक्रिया