ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

0
Shares

काठमाडौँ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

अध्यक्ष ओलीले ट्वीटमा भनेका छन्, “नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार ! उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।”

निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।