स्ववियु निर्वाचनका विषयमा नर्सिङ क्याम्पसमा लफडा

0
Shares

वीरगन्ज।

नेपाल विद्यार्थी संघले  वीरगन्ज ४ विर्तास्थित वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर तालाबन्दी गरेको छ । आइतबार भएको स्ववियु चुनावमा एक सदस्य बाहेक सभापति सहित पदाधिकारी र सदस्यहरुमा अनेरास्ववियुका हुनु भएको छ । तर, नेविसंघले भने चुनावमा क्याम्पस प्रमुखले नै धाँधली गरेको भन्दै क्याम्पस प्रमुख जमुना भट्टराईको राजीनामा माग गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्ष र क्याम्पस प्रशासन शाखामा सोमबार तालाबन्दी गरेको हो ।

स्ववियु निर्वाचनमा उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप पनि नेविसंघले लगाएको छ ।

नेविसंघले सोमबार एक विज्ञप्ति पनि जारी गर्दै अनेरास्ववियुका उम्मेदवारले समय सकिएपछि मात्र मनोनयन दर्ता गराएको, क्याम्पस प्रमुख भट्टराईले राति राति होस्टलमा गएर अनेरास्ववियुका उम्मेदवारलाई मत दिन विधार्थीलाई दबाब दिएको जनाएको छ ।

धाँधली गरी गरिएको निर्वाचन बदर गरी पुन निष्पक्ष निर्वाचन गराउन पनि नेविसंघले माग गरेको छ ।

यता क्याम्पस प्रमुख भट्टराईले भने आफूले विद्यार्थीसँग अनेरास्ववियुका लागि भोट नमागेको दाबी गर्नु भएको छ  । स्ववियु निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उहाँको तर्क छ ।