राष्ट्रपति पौडेल सामान्य सवारीमै ‘कुमारी घर’

0
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै कुमारी घर पुग्नुभएको छ।

शनिबार अपरान्ह अघिपछि एक एकवटा गाडीसहित उहाँ काठमाडौंको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न पुग्नुभएको हो । राष्ट्रपति पौडेल कुमारीघर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।

कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि सर्वसाधारणलाई आउजाउमा रोक लगाइएको थिएन। कारगेटमा सुरक्षाकर्मीले मोटरबाइक समेत प्रयोग नगरी राष्ट्रपति पौडेल वसन्तपुर पुग्नुभएको हो।

राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान वज्राचार्य, पूर्व प्रदेशसभा सदस्य राजेश शाक्यलगायतले स्वागत गर्नुभएकाे थियाे  ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किनुभएको थियो ।आजै बिहान राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजाको प्रसाद पुर्‍याइएको थियो ।

राष्ट्रपतिको सवारी हुँदा सर्वसाधारणले दु:ख पाएको भन्दै यसअघि आलाेचना बढेको थियो।