राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

0
Shares

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् । राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेताको जिम्मेवारी दिएको हो ।

तामाङ समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य हुन् ।