१० दलीय सत्ता गठबन्धनको बैठक बस्दै

0
Shares

काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक भएको छ । आज (बिहीबार) बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

हिजो (बुधबार) बसेको बैठकले गठबन्धनमा उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाले दर्ता गराएका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।

आज बस्ने बैठकले यस विषयमा सहमति जुटाउने गठबन्धन दलका नेताहरुले बताउँछन् । गठबन्धन बैठकमा पनि शीर्ष नेताहरूको सहभागिता बताइएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।