जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएका छ ।

आज (बिहीबार) बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल गर्ने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाकारी दिए ।

प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि जसपाको एक सिट रिक्त छ । सांसद रहमानको फागुन १३ मा निधन भएको थियो ।

पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम भएकाले उनकै विषयमा बैठकबाट छलफल हुने जसपाका नेताहरु बताएका छन् ।

उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका रामसहाय प्रसाद यादव र नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार छन् । उपराष्ट्रपति निर्वाचन भोलि (शुक्रबार) हुँदैछ ।