विश्वकप २०२६ मा फम्र्याट परिवर्तन

0
Shares

लन्डन, (एजेन्सी) । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको फम्र्याट परिवर्तन भएको छ ।

विश्वकपको इतिहासमा पहिलो पटक ४८ देशबीच प्रतिस्पर्धा हुन गइरहेको छ । यसअघि ३२ टोलीले सहभागिता जनाउँदा चार चार टोलीको ८ समूह विभाजित गरिएको थियो । तर, २०२६ को विश्वकपमा टोलीको संख्या बढेपछि फरम्याटमा तीन तीन टोली राखेर १६ समूह बनाउने बताइएको थियो । तर अब चार–चार टोली सामेल गरेर १२ समूह बनाइने भएको छ ।

१२ समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली दोस्रो चरणमा पुग्ने फिफाले बताइएको छ । प्रत्येक टोलीलाई कम्तिमा तीन खेल खेलाउनका लागि समूह फम्र्याट परिवर्तन गरिएको फिफाले जनाएको छ । फिफा विश्वकप २०२६ मा १६ सहरमा खेल खेलाइनेछ ।

यस विश्वकपका लागि एसियाबाट ८ टोली, अफ्रिकाबाट ९ टोली, उत्तर अमेरिकाबाट ६ टोली, दक्षिण अमेरिकाबाट ६ टोली, ओसियानाबाट १ टोली र युरोपबाट १६ टोली गरी कुल ४६ टोली छनोट हुनेछन् । यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ । दुई टोली प्लेअफबाट छनोट हुने प्रावधान रहेको छ ।