विजेताले जित्यो ६३ तोला चाँदीको कप

0
Shares

हेटौंडा । मकवानपुरको कैलाश गाउ“पालिकास्तरीय अन्तरवडा प्रथम अध्यक्ष कप नकआउट रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर–१० ले जितेको छ ।

कैलाश–९ स्थित नामटारमा भएको फाइनलमा वडा नम्बर–५ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर–१० ले उपाधि जितेको हो । विजेता वडा नम्बर–१० ले ६३ तोला चा“दीको कपसहित ६० हजार नगद प्राप्त गरेको छ । उपविजेता वडाले ४० हजार नगद पुरस्कार पाएको छ ।

वडा नम्बर–१० लाई उपाधि जिताउन सुमन स्यांतानले व्यक्तिगत् २ गोल गरे । उनी खेलका म्यान अफ दी म्याच घोषित भए । वडा नम्बर–५ का लागि हीरा सिंतानले गोल गरेका थिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वडा नम्बर–१० का सूर्य थिङ घोषित भए । प्रतियोगितामा वडा नम्बर–१० का भुपेन्द्र महर्जन उत्कृष्ट गोलरक्षक, वडा नम्बर–५ का अम्बरसिं पाख्रिन उत्कृष्ट डिफेन्डर, वडा नम्बर–१० का साजन जिम्बा उत्कृष्ट मिडफिल्डर, वडा नम्बर–१० का अजय गुरुङ उत्कृष्ट फरवार्ड, वडा नम्बर–३ का सुबिन थिङ उदीयमान खेलाडी, वडा नम्बर–१० का रेशम थिङ उत्कृष्ट प्रशिक्षक र वडा नम्बर–५ का निर्जल लामा उत्कृष्ट म्यानेजर घोषित भए । विधागत् उत्कृष्टलाई ट्रफी प्रदान गरिएको छ ।