स्पेन र पोर्चुगलसँगै मोरक्को पनि सामेल

0
Shares

लन्डन, (एजेन्सी) । आगामी २०३० फिफा विश्वकपका लागि आयोजना दावीमा मोरक्को पनि सामेल भएको छ । यस विश्वकपका लागि स्पेन र पोर्चुगलले संयुक्तरुपमा आयोजनाको दावी गरिरहेकोमा अब मोरक्को पनि यी देशसँगै सामेल भएको हो । यसअघि यी देशसँग यूक्रेन रहेको थियो । तर, रुसविरुद्ध युद्धमा यूक्रेनको धारणा स्पष्ट भइरहेको छैन । यूक्रेनको फुटबल संंघमा युद्ध चिन्ताको विषय बनेको छ ।

अफ्रिकी देश मोरक्कोका राजा मोहम्मद चौथोले बताए कि मोरककोले निर्णय ग¥यो कि उनीहरु स्पेन र पोर्चुगलसँग मिलेर २०३० को विश्वकप आयोजना गर्न दावी गर्नेछन् । यो साझेदारीले यूरोप र अफिकालाई नजिक ल्याउनेछ । तर, अर्कोतिर विश्वकप आयोजना भएको सयौं वर्ष हुने भएकोले पनि दक्षिण अमेरिकी राष्ट्रले २०३० को विश्वकप आयोजना गर्न संयुक्त दावी गरेको छ । जसमा, अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वेले संयुक्त दावी गरेका हुन् ।